काठमाडौं / देशभर थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ। गत २४ घण्टामा २ हजार १६४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ।  उक्त अवधिमा २१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ। 

OM Sai Pathibhara Hospital