काठमाडौं / देशभर थप दुई हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ७६७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ जना पिअिसार परीक्षण गर्दा एक हजार ७८२ र ४ हजार ५१२ जनाको एन्टीजेन परीक्षण गर्दा ८९४ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ९ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख २५ हजार ५७० जना संक्रमित निको भइसकेका छन्।
आज देशभर एक हजार ७५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २६ हजार ३३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।