विराटनगर / प्रदेश १ मा आज थप ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ९९, झापामा ९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा   ३–३, भोजपुरमा २, संखुवासभातेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको   छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७६ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४६० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।