विराटनगर / प्रदेश १ मा आज ४३९ जना कोरोना संक्रमित थपिएका छन् । 

झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७६ हजार ६२८ पुगेको छ । संक्रमित भएका मध्ये ६९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको संख्या ५५९० रहेको छ । 

आज ३४२ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १ हजार २८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२० महिला र २१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।