काठमाडौं /  पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १०८ जना पिअिसार परीक्षण गर्दा दुई हजार १० र ४ हजार ९१६ जनाको एन्टीजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा संक्रमित पत्ता लाग्नेदर १९ दशमलब २ प्रतिशत रहेको छ। 

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २६ हजार  ६४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये २४ हजार ९९ जना संक्रमित होम आइसोलेसन र २ हजार ५४८ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५९९ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर २९५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।