काठमाडौँ / सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोना विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति दिनेसम्बन्धी निर्णय गरेका छन् ।
शेरबहादुर देउवा
नेतृत्वको वर्तमान सरकारले मङ्गलबार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित
गर्ने पहिलो निर्णय गरेको थियो । सरकारले आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत
मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ । खोपको
पर्याप्त आपूर्ति हुन नसक्दा नेपालमा खोप अभियान प्रभावित भएको छ ।
मङ्गलबार साँझ बसेको
मन्त्रिपरिषद् बैठकले महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी
र सफाइकर्मी लगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने
निर्णय गरेको थियो ।
अर्थमन्त्री शर्माले कोभिड–१९ नियन्त्रण तथा रोकथाम अन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको
सुनश्चितता सम्बन्धी निर्णय गरेका छन् । जसअन्तर्गत सङ्घीय अस्पतालका लागि ५६ करोड
४१ लाख ५७ हजार रुपैयाँ र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि
प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ३७ करोड ३४ लाख ९० हजार रुपैयाँ वित्तीय
हस्तान्तरण हुनेछ ।
सरकारी तथा निजी
अस्पतालमा एचडियू, भेन्टिलेटर, आइसियूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि
सङ्घीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार रुपैयाँ निकासा र प्रदेश तथा
स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ५२ करोड
४४ लाख ४० हजार रुपैयाँ वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका
प्रवक्ता महेश आचार्यले जानकारी दिएका छन् ।
पदवाहाली पछि उनले
कोरोना रोकथाम तथा नियन्त्रण र सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क गर्ने
सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीलाई
निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रलाई
पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि
बढ्नुपर्ने बताएका छन् ।
सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र
उपचार, आर्थिक समृद्धि,
कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्ने विषय पनि
सरकारको उच्च महत्वमा राखेको छ । गरीब,
पछाडि परेका, सीमान्तकृत नागरिकको समस्या समाधान हुने गरी आर्थिक नीति बनाउनुपर्ने उनले
बताएका छन् ।
पदवहाली अघि
अर्थमन्त्री शर्माले पार्टी मुख्यालय पेरिसडाँडास्थित शहिदस्तम्भमा पुगेर
शहिदप्रति माल्र्यापण गरेका छन् ।