बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३९८ जना संक्रमित थपिएका छन्।
देशभर गरिएको ७ हजार ५८ पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ। गत २४ घण्टामा २ हजार ७८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ।
उक्त अवधिमा १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ।