काठमाडौँ / गण्डकी प्रदेश सरकारले प्रदान गरेको एक भेन्टिलेटर यहाँ प्रयोगमा आउन सकेको छैन । जिल्ला अस्पतालमा जनशक्तिको अभावमा भेन्टिलेटर थन्किएको हो ।

जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा आउन नसकेको अस्पतालका डा प्रतिभा गौलीले जानकारी दिनुभयो । उनि भन्छन् ,“कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् । जडान गरिएको छैन । भेन्टिलेटरसम्बन्धी तालीम प्राप्त डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।

OM Sai Pathibhara Hospital

अस्पतालमा भेन्टिलेटरसहित दुई श्ययाको सघन उपचार कक्ष निर्माणका लागि सामान खरीद गरिएको छ ।

जटिल बिरामीका लागि भेन्टिलेटरको सामग्री भए पनि दक्ष विशेषज्ञ नहुँदा प्रयोगमा आउन नसकेको उनले जानकारी दिएका छन् ।