बिर्तामोड / प्रदेश १ मा आज थप ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेश १ मा आज ९९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७६ महिला र २०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र तेह्रथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७५ हजार ७९२, सक्रिय सङ्क्रमितको संख्या ५ हजार ४६१ रहेको छ । आज २२७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९५४ रहेको छ ।