काठमाडौं / नेपाललाई अमेरिकाले उपलब्ध गराएको कोरियाविरुद्धको खोप काठमाडौं ल्याइएको छ । कतार एयरवेजको नियमित उडानमार्फत अमेरिकाले कोरोना खोप पठाएको हो । खोप बोकेको जहाज केहीबेर अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने बताएका छन् ।

OM Sai Pathibhara Hospital

उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको उनको भनाई छ ।

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरि कोभिड –१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको बताए ।