बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर एक हजार  ८ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार  २१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८३३ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित पुष्टि भएका छन् भने तीमध्ये ६  लाख १९ हजार ८९४ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर एक हजार ५३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २० घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ।