काठमाडौँ  / भारतमा पछिल्लो पछिल्लो २४ घण्टामा थप ४१ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । सरकारी मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित थपिएका हुन् । 

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनाको मृत्यु भएको छ भने योसँगै मृत्यु भएकाहरूको कुल सङ्ख्या चार लाख आठ हजार ४० पुगेको छ । 

OM Sai Pathibhara Hospital

कोरोनाबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भारतमा दुई करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना सङ्क्रमण मुक्त भएका छन् । 

भारतमा कोरोनाबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७.२० प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ ।