धरान / धरान स्थित बीपी प्रतिष्ठानको बेथिति र भ्रष्टाचार विरुद्ध आन्दोलनमा सक्रिय १७ जना नागरिक अगुवालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी सहितका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गर्ने क्रममा खगेन्द्र संग्रौला र नारायण वाग्ले सहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो  ।

OM Sai Pathibhara Hospital

ktm

पदाधिकारीलाई पदमुक्त गरी मापदण्डका आधारमा पदाधिकारी नियुक्तिको माग गर्दै नागरिक अगुवाहरू आन्दोलनमा संलग्न छन् । एक दशक देखि जारी बेथितिभ्रष्टाचार अन्त्यको माग गर्दै यति वेला धरान स्थित प्रतिष्ठानमा समेत आन्दोलन जारी रहेको छ । 

प्रतिष्ठानका चिकित्सक, कर्मचारी र धरानका जनताले पनि दैनिक रुपमा प्रदर्शन गर्दै आएका छन् । धरानमा जारी आन्दोलनको समर्थनमा प्रर्दशनमा उत्रिएका नागरिक आन्दोलनका अगुवालाई दिउँसो ११ बजे  निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । 

dharan

प्रतिष्ठानको बेथितिभ्रष्टाचार अन्त्यको माग गर्दै करिव एक महिनादेखि आन्दोलन जारी रहँदा समेत सरकारले चासो नदेखाएको भन्दै आन्दोलनकारीले आक्रोश व्यक्त गरेका छन् ।