बिर्तामोड / प्रदेश १ मा आज थप ३०५ जना कोरोना संक्रमित थपिएका छन । ८६५ जनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । 

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको १५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा आज ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४१ महिला र १४२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ३७८ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७५ हजार २०५ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ५ हजार ४६७ रहेको मन्त्रालयले जनाएको छ ।