बिर्तामोड / पछिल्लो २४ घण्टामा २ हजार १६९ कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणमा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ।

OM Sai Pathibhara Hospital

गत २४ घण्टामा देशभर १ हजार ४३२ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

उक्त अवधिमा २२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ।