बिर्तामोड  / हाल मुलुकभर देखिएको रगत अभावलाई समाधान गर्ने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संस्था प्रजातान्त्रिक युवक संगठन र ट्रेड युनियन महासंघ(टुकोन)ले शनिबार बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेका छन् । 

कार्यक्रममा ६ महिला सहित ५७ जनाले रक्तदान गरेको राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले जानकारी दिइन् । झापाको क्षेत्र नं. ३ का संघीय सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष राजकुमार राईले रक्तदान गर्दै उद्घाटन गरेका थिए । 

OM Sai Pathibhara Hospital

रक्तदान कार्यक्रममा राप्रपा झापाका जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, सहसचिव अभिषेक ढुङ्गाना, २ नं. क्षेत्रीय अध्यक्ष दीपक मास्के लगायतले बोल्दै रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए । 

कोरोना महामारीका कारण रगत अभाव हुन नपाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष प्याकुरेलले जानकारी दिए ।