काठमाडौँ / कोरोना संक्रमणको तेस्रो भेरियन्टका लागि तुलसीपुर मेट्रो अस्पताल तयारी अवस्थामा बस्ने निर्णय गरेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोभिडलाई निरन्तरता दिँदै बालबालिकामा देखिन सक्ने अनुमान गरिएको तेस्रो भेरियन्टको महामारीबाट बच्न अपनाउनुपर्ने सबै उपायहरु अबलम्बन गर्ने निर्णय गरेको हो ।

महामारीबाट बच्न थप भौतिक संरचनानिर्माणव्यवस्थापनका लागि स्वास्थ्य उपकरणस्वास्थ्य सामग्रीफर्निचर खरिद तथा सहयोगका लागि दाताहरुसँग पनि पहल गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रकाश साहुलाई नियुक्त गर्ने निर्णय गरेको छ।  

बैठकमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माप्रमुख प्रशासकीय अधिकृत भास्कर गौतमस्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपानेडा. ज्ञानेन्द्र पाण्डे लगायतले कोरोना महामारीमा गरेको कामको समीक्षा गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य निरीक्षक विमला केसीले  गरेकी थिइन्।