बिर्तामोड / प्रदेश १ मा आज थप ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १ सय ४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८,  सङ्खुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्बु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ ।