बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार  ३१३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

आज देशभर एक हजार ३१६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। ६ लाख ६१ हजार ९२९ जना निको भइसकेका छन्। नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ। 

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।