काठमाडौँ / चीनबाट खरिद गरेको कोरोना विरुद्धको आठ लाख डोज खोप नेपाल ल्याएको छ ।  शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज सरकारले नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ल्याएको हो ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग गरेको ४० लाख मात्रा खोप खरिदको सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइनेछ ।