बिर्तामोड / प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार ५५० पुगेको छ । संक्रमित भएका मध्ये ६७ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । आज ३०८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६४९ रहेको छ ।

प्रदेश १ मा आज ८६७ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १५५ महिला र १५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।