बिर्तामोड /  पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ३ सय ७४ पीसीआर परीक्षण गर्दा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० एन्टिजेन परीक्षण गर्दा ६ सय ५७ गरी १ हजार ८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म कोरोनाबाट ९ हजार ३ सय २० जनाको मृत्यु भएको छ

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १ हजार २ सय ८६ जना संक्रमणमुक्त भएका छन्। हालसम्म ६ लाख १५ हजार ६ सय १३ संक्रमणमुक्त भएका छन्।