काठमाण्डौ / कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा मृत्यु हुनेको सङ्ख्या ४० लाख नाघेको छ ।

अमेरिकामा अहिलेसम्म ६ लाख २१ हजारभन्दा धेरैको भएको छ भने ब्राजिलमा पाँच लाख २८ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

OM Sai Pathibhara Hospital

त्यसैगरी, भारतमा ४ लाख ५ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ। विश्वमा अहिले २८ करोड ५८ लाख ५७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेसले कोरोना महामारीलाई नियन्त्रण गर्न अझै धेरै प्रयत्न गर्नु पर्ने बताएका छन्। कोरोना विरुद्धको खोपको विकासले सङ्क्रमण रोकथाममा सहज हुने उनले बताएका छन् ।