काठमाण्डौ / नेपाल वायु सेवा निगमको जहाज कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लिन आज चिन जाने भएको छ । निगमको वाइडबडी जहाजले आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गर्ने भएको छ । खोप नेपाल आएपछि ६० वर्षमुनिका उमेर समूहलाई प्राथमिकताका आधारमा प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७  जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।