बिर्तामोड /  पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय ०३ जना पिअिसार परीक्षण गर्दा १ हजार ७ सय १८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ५ सय ६५ संक्रमित निको  भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म ६ लाख १२ हजार ९ सय ९४ जना संक्रमित निको भइसकेका छन्। नेपालमा निको हुने दर ९४ दशमलब ४ प्रतिशत रहेको छ।