बिर्तामोड / प्रदेश १ मा आज ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ । 

प्रदेश १ मा आज ४०३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, सङ्खुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र तेह्रथुममा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७३ हजार ८०० पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय रहेको छ । प्रदेश १ मा आज १ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १७८ महिला र २२५ पुरुषको रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।