काठमाडौं / महाराजगन्जको त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्रा.डा. दिव्यासिंह शाहले डा. दासलाई दुई वर्षको कार्यकालका लागि उपनिर्देशकमा नियुक्त गरेकी हुन् । 

डा. दासलाई अस्पतालका निर्देशक प्रा.डा दिनेश काफ्लेले उपनिर्देशक पदका लागि सिफारिस गरेका थिए । अस्पतालमा उपनिर्देशकको दुई पद मध्ये एक पदमा प्रा.डा सुवास आर्चाय छन् भने अर्का निर्देशकमा डा. दासलाई नियुक्ति गरिएको हो । 

OM Sai Pathibhara Hospital

फोक्सो रोग विशेषज्ञ डा. दास शिक्षण अस्पतालको कोभिड युनिटको संयोजक समेत हुन् ।