काठमाडौँ  / पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । संक्रमितको संख्या घट्दै गएपनि अन्य उमेर समूहभन्दा संक्रमित बालबालिका भने बढी रहेका छन् । 

जेठ १९–२५ र असार १४–२० को एक साताको तथ्यांक हेर्ने हो भने, कुल संक्रमित १८ वर्षमुनिका बालबालिका रकिशोरकिशोरीमध्ये पनि ५ वर्षमुनिकाको संख्या बढिरहेको देखिएको छ ।

OM Sai Pathibhara Hospital

असार १४ मा १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १७.२४ प्रतिशत संक्रमित थिए । एक सातापछि भने १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १८.४२ प्रतिशतमा संक्रमण देखिएको थियो । जेठ २५ गते कुल संक्रमतिमध्ये ५ वर्षमुनिकाको संख्या ०.७९ प्रतिशत रहेको थियो । जबकि असार २० मा कुल संक्रमितमा ०.८७ प्रतिशत ५ वर्षमुनिका बालबालिका संक्रमित थिए । यो तथ्यांकले कुल संक्रमितको संख्या घट्दा पनि ५ वर्षमुनिका बालबालिकामा संक्रमण घट्न नसकेको देखाउँछ ।

जेठ २५ गते १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिकाको हिस्सा १३.९९ प्रतिशत थियो । असार २५ गते भने कुल १८ वर्षमुनिका संक्रमितमध्ये ५ वर्षमुनिका संक्रमित १८.४२ प्रतिशत देखिन्छ । जेठ २० गते भने यो संख्या १४.९३ प्रतिशत थियो । एक महिनापछि असार २० मा १८ वर्षमुनिका संक्रमितमध्ये ५ वर्षमुनिकाको प्रतिशत १८.४२ पुगेको छ ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स एन्ड द चिल्ड्रेन्स हस्पिटल एसोसिएसनका अनुसार अमेरिकामा कुल संक्रमितमध्ये बालबालिका संक्रमणको दर १३ प्रतिशत थियो । पछिल्लो एक महिनाको तथ्यांक केलाउँदा कुल संक्रमितमध्ये १८ वर्षमुनिका औसत १५ प्रतिशतमा संक्रमण देखिन्छ ।