काठमाण्डौँ / कोरोना भाइरस बिरुद्दको खोप भेरोसेलको पहिलो मात्रा लगाएका सबैले भोलिदेखि दोस्रो मात्रा लिन पाउने भएका छन् । भोलि देखि सुरु हुने खोप अभियानमा एक महिनाअघि पहिलो मात्रा लगाएका र त्यसअघिका दोस्रो मात्रा लगाउन छुटेकाले खोप लगाउन पाउने भएको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिएका हुन् ।

भेरोसेल खोप पहिलो मात्रा लगाएकाको सङ्ख्या ५ लाख रहेको र यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो मात्राको व्यवस्था भएको छ ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयले असार २४ गतेदेखि चिनबाट खोप आपूर्ति सुरु गरि साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप वितरण गरिने जानकारी गराएको थियो ।

खोपको निरन्तर आपूर्ति लगत्तै खोप अभियानलाई निरन्तरता दिने सरकारको तयारी छ ।  यसअघि अग्रपङ्क्तिमा खटिएका र ६० वर्ष माथिका  लाई खोप लगाइ सकेकाले अब ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखेर खोप दिने गौतमले जानकारी दिएका छन् ।