बिर्तामोड /  पछिल्लो २४ घण्टामा देशभर २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १० हजार १३३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ३२८ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ५ हजार ८३७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५२७ र ४ हजार २९६ जनाको एन्टीजेन परीक्षण गर्दा ८०१ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार १९८ जना संक्रमितको मृत्यु भएको छ। 

२४ घण्टामा देशभर ३ हजार ६६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९४ दशमलब ३ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ६ हजार ६६६ जना संक्रमित निको भइसकेका छन्।