काठमाण्डौ / राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना र एमालेका प्रभावशाली नेता ईश्वर पोख्रेल निकट मानिएका चिकित्सक डा. जागेश्वर गौतमले वीर अस्पतालमा लुट मच्चाउन सुरु गरेका छन् ।

कोरोना सङ्क्रमितको उपचारका लागि वीरलाई केन्द्रिय अस्पताल बनाइएपछि तिम्सिना र पोख्रेलकै जोडबलमा वीर अस्पतालमा जान सफल भएका विवादास्पद छविका डा. जागेश्वर गौतमले अस्पतालका काम आफ्ना व्यवसायिक साँझेदारलाई दिएर सरकारी कोषमाथि लुट थालेका हुन् ।

गत असार ११ गते वीर अस्पतालले भेन्टिलेटर खरिदका लागि आव्हान गरेको ठेक्का आफ्ना व्यवसायीक साझेदार समेत रहेका सुन्दर भुसालको विवादास्पद कम्पनीलाई नियम र प्रकृया मिचेर दिएपछि गौतमको लुटधन्दा सार्वजनिक भएको हो । ठेक्कामा तिन वर्ष काम गरेको कम्पनी हुनु पर्ने सर्त राखिएको भएपनि भुसालको कम्पनीले दुई वर्ष मात्रै काम गरेको तथ्याङ्कले देखाउदछ

भुसालको स्वामित्वमा रहेको भनिएको विवादास्पद कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सलाई बोलपत्रमा भएको नियम समेत मिचेर ठेक्का दिएको खुलेको हो । चितवन मेडिकल कलेजमा किर्ते हस्ताक्षर गरेर अकुत कमाएको अभियोग लागेका र सोही विषयमा दुई तह घटुवा समेत भएका गौतमलाई एमाले नेता पोख्रेल र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाको दबाबमा वीरमा केही समय अघि स्वास्थ्य मन्त्रालयबाट लगिएको थियो ।

वरलाई केन्द्रिय कोरोना अस्पताल बनाउने निर्णयसँगै सरकारले ठुलो बजेट छुट्याएपछि डा. गौतम तिम्सिना र पोख्रेलको जोडबलमा वीरमा आज सफ भएका थिए । वीरमा सरुवा भएर गए लगत्तै जागेश्वरले शिक्षण अस्पतालबाट निकालिएकी भुसालको कम्पनीमा कार्यरत वायोमेडिकल इन्जिनियर भावना बराललाई वीरमा नियुक्त गरेका थिए ।

अस्पताललाई आवश्यक उपकरण र सामाग्री खरिदका लागि वायोमेडिकल शाखाको अनुमति र स्वीकृति लिनु पर्ने हुन्छ । आफ्नै साझेदारको कम्पनीलाई काम दिन जागेश्वरले भुसालकै कम्पनीकी कर्मचारी बराललाई वीरमा लगेको भन्दै अस्पताल भित्रैबाट समेत विरोध भएको थियो । सत्तासीन एमालेको ओली समुहका प्रभावशाली नेता ईश्वर पोख्रेल र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाको आर्शिवाद रहेका गौतमले अस्पताल भित्रको विरोधले छुन समेत सकेको छैन ।

अस्पतालको अर्वो रुपैयाँको खरिद बिक्री आफ्नै व्यवसायीक साझेदार भुसालको कम्पनी मार्फत गर्न बराल लगेको विषय समेत केही समय अघि सार्वजनिक भएको थियो । जागेश्वरको भुसाल आवद्ध कम्पनी क्यानभाष कलेज , ग्यालेक्सी इन्भेष्टमेन्ट र म्याक्सिमम सहितमा सेयर लगानी रहेको समेत सार्वजनिक भइसकेको छ । विवादास्पद छविका र दुई तह घटुवा समेत भएका जागेश्वरलाई वीर अस्पताल लगिए लगत्तै भ्रष्टाचारको पुर्वअनुमान समेत गरिएको थियो ।