बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १० हजार  ५९६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९९ जनामा कोराना पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

 आज देशभर थप ३४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ। 

२४ घण्टामा देशभर ३ हजार ४५१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ३ हजार ६०० जना संक्रमित निको भइसकेका छन्।