सुनसरी / सुनसरीका एक प्रहरी जवान माथि भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान
आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सुनसरीको सीतागञ्जस्थित इलाका प्रहरी
कार्यालयमा कार्यरत प्रहरी जवान कसिन्दर यादवमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा
दायर गरेको छ ।
यादवले हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै ६० हजार
रुपैयाँ माग गरेको भन्दै गरेको उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय इटहरीको टोलीले घुससहित उनलाई गत चैत २६ गते पक्राउ हो ।
अख्तियारले पक्राउ परेका यादवमाथि ६० हजार
रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग)
बमोजिम सजाय माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं भ्रष्टाचार
निवारण ऐन, २०५९ को दफा ३६
बमोजिम मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण
प्रसाद रिसालले जानकारी दिएका छन् ।