मध्यपुरथिमि / मध्यपुरथिमीमा मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका –७ घर भई हाल भक्तपुर –८ बस्ने २८ वर्षीय अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने १९ वर्षीय विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका –२ घर भई हाल सूर्यविनायक नगरपालिका –६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाइबा र भक्तपुर –८ लिवालीका २० वर्षीय रमेश कोजु रहेका छन् ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले भक्तपुर नगरपालिका –८ लिवालीबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए।
मोटरसाइकल चोरी गरी बिक्री गर्ने र नम्बर परिवर्तन गरेर आफैले चलाउने गरेको पाइएको डीएसपी गिरीले बताए।