काठमाडौँ / आफ्नो चरित्र हत्या गरेको भन्दै सञ्चारकर्मी रुपा सुनारले ९ अनलाइनविरुद्ध प्रेसकाउन्सिलमा उजुरी दिएकी छन् । कोठा खोज्ने क्रममा घरबेटीले जातीय विभेद गरेको भन्दै न्याय माग्दा भ्रामक समाचार लेखेको आरोपमा उनले उजुरी दिएकी हुन् ।
विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य गरेको र चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाईनमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै साइबर अपराध कसुर अन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन निवेदन पेस गरेकि छन् ।
उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित रुपमा उजुरी दिएका छन् ।