विराटनगर / मोरङको रंगेली नगरपालिका – ६ मा बुधबार परेको च्याङ लागेर एक जनाको मृत्यु र ४ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय मोरङले चट्याङ लागेर सोही ठाउँका २० वर्षीय नितेश रायको मृत्यु भएको जनाएको छ ।
रूखमुनि बसेका उनी चट्याङमा परि घाईते भएको र उपचारका लागि रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका डीएसपी मानबहादुर राईले जानकारी गराएका छन् ।
चट्याङको समयमा उनीसँगै रहेका स्थानीय ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल, २२ वर्षीया संगीता राय, र २७ वर्षीय रविन मण्डल घाइते भएको र उनीहरूको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।