काठमाण्डौ /  कोरोना संक्रमितको उपचारका लागि सरकारले निजी स्वास्थ्य संस्थासँग गरेको सम्झौता हालका लागि आवस्यक नरहेको भन्दै रद्ध गरेको छ ।

कोरोना संक्रमण उच्च विन्दुमा पुगेका बेला उपचारका लागि सरकारी खर्चमा नै निजी स्वास्थ्य संस्थामा समेत उपचार गर्ने गरी सरकारले गरेको सम्झौता हालका लागि रद्ध गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

संक्रमित घटेको र सरकारी अस्पतालमा नै उपचार गर्न सकिने अवस्था आएकाले निजी स्वास्थ्य संस्थासँग भएको सम्झौता हालका लागि आवस्यक नरहेको भन्दै मन्त्रालयले सचिव स्तरीय निर्णयबाट रद्ध गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारी ले उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा मंगलबारसम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोध भर्ना हुने बताएका छन् ।

सङक्रमितले आफ्नो ईच्छामा निजी अस्पतालमा उपचार गराए खर्च स्वयंले व्यहोर्नु पर्ने उनले वताएका छन् । कोरोना संक्रमितको उपचार गराउँदै आएका निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको पाईए कारवाही गरिने उनले वताएका छन् ।

सरकारले निजी अस्पतालको हकमा कोरोना संक्रमितको उपचारका लागि सामान्य बिरामीलाई प्रतिदिन ३ हजार ५००, मध्यम बिरामीका लागि ७ हजार र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपियाँ शुल्क निर्धारण गरेको छ।