काठमाडौं / खाद्यान्नमा उपभोक्तालाई सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले दिइने छुट आजबाट बन्द भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले निषेधाज्ञा खुकुलो भएको भन्दै छुट दिन स्थगित गरिएको जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने ग्यास खरिद गर्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा निषेधाज्ञाबाट समस्या परेकाहरुलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिने घोषणा गरेको थियो ।