काठमाडौँ / भ्वाइस च्याटिङ एप क्लब हाउसमा नेपाल प्रहरीको फोटो दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरी साइबर ब्युरोले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बस्ने २० वर्षिया ईशान लामिछानेलाई पक्राउ गरेको छ।
लामिछानेले क्लब हाउसमा प्रहरी लोगो दूरूपयोग गरी नेपाल प्रहरीकोको नाममा ओपन सोसल रूम बनाई प्रहरी अधिकृतको दर्जयानी
चिन्ह(दर्जयानी फुली) सहितको फोटो दूरूपयोग गरी प्रोफाईल प्रहरी अधिकृतको नाम
लगायतका विवरण समेत समावेश गरी नक्कली आईडी बनाएको पाइएको ब्यूरोले जनाएको छ ।
अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान
भइरहेको प्रहरीले जनाएको छ।
ब्युरोका एसएसपी नविन्द अर्यालले प्रहरी अधिकारीको फोटो
दुरुपयोग नगरिदिन पनि आग्रह गरेका छन् ।