बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो।

मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका छन्।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको छ। 

२४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्।