धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वेथिती र भ्रष्टाचारको विरोधमा नागरिक संजालको जारी आन्दोलनमा सहयोग पुग्ने गरी प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीले थालेको आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले भ्रष्टाचारको विषय उठाउने फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा।विष्णु पोख्रेललाई स्पष्टीकरण सोधेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् ।  वर्षाको समयमा पनि छाता ओडेर नै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

OM Sai Pathibhara Hospital

विगत दुई दिन देखि आन्दोलनमा उत्रिएको उनीहरुले उपकुलपति कार्यालयमा  भेला भएर धरानका विभिन्न चौकमा निस्केर मौन प्रदर्शन गरेका हुन् । वेथिति र भ्रष्टाचार ढाकछोप गर्न उपकुलपति लागेको भन्दै प्रतिष्ठानका चिकीत्स र विद्यार्थीका विभिन्न संस्थाले संयुक्त संघर्ष समिति वनाएर आन्दोलन गरिरहेका छन् ।

भ्रष्टाचारको विषय उठाउने चिकित्सक डा.पोख्रेललाई सोधेको स्पष्टीकरण फिर्ता लिन र  माफी माग्न उनीहरुले माग गरेका छन् । आफुहरुले राखेका माग पुरा नभए आन्दोलनका क्रममा हुने अवरोधको जिम्मेवारी समेत उपकुलपतिले लिनुपर्ने उनीहरुले चेतावनी दिएका छन् ।