बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका छन्।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५०६ जना संक्रमितको मृत्यु भएको छ। 

२४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित निको भइसकेका छन्।