कञ्चनपुर / कञ्चनपुरमा लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुल्लाफाँटा नगरपालिका –१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका –२ का २५ वर्षीय रणबहादुर चौधरी छन्।
सुपप्र ०२–००३प ६७२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बेलौरी नगरपालिका –६ विद्यानगरबाट पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।
उनीहरूको साथबाट १२.३५ ग्राम ब्राउनसुगर बरामद भएको छ। दुबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए ।