एजेन्सी / अमेरिकाको नोभाभ्याक्स कम्पनीले बनाएको कोरोनाका विरुद्धको  खोप ९०।४ प्रतिशत प्रभावकारी देखिएको छ ।

अमेरिकामा उत्पादीत यो खोपको अमेरिका र मेक्सिकोका २९ हजार ९ सय ६० जनामा गरिएको परीक्षणमा  फाइजर र मोडर्न जतिकै प्रभावकारी रहेको पाईएको छ ।

OM Sai Pathibhara Hospital

अमेरिकी कम्पनीको यो खोपलाई भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्न तयारी समेत थालिसकेको छ । भारतले खोपलाई स्वीकृति दिन आफ्नै मुलुकमा समेत यो खोपको परिक्षण गरिरहेको छ । सेप्टेम्बरदेखि डिसेम्बर सम्ममा नोभाभ्याक्सका २० करोड डोज उपलब्ध हुने गरी तयारी भईरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

 खोप उत्पादक अमेरिकी कम्पनीले नोभाभ्याक्स इन्कले खोप कोभिडविरुद्ध ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको र कोरोनाका सबै भेरियन्टलाई रोक्न सफल हुने दावी गरेको छ ।

 नोभाभ्याक्सलाई भारतमा कोराभ्याक्स नाम दिइएको छ र भारतमा यसको दोस्रो तथा तेस्रो चरणको परीक्षण गरिँदैछ । सिरम इन्स्टिच्युटले १८ वर्षभन्दा माथिका १६ सय सहभागीलाई परीक्षणमा राखेको छ । भारतमा भईरहेको परिक्षण सफल भए अमेरिकाको यो खोप प्रयोग गर्ने भारत पहिलो मुलुक समेत हुनेछ ।