बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ। 

२४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भइसकेका छन्।