काठमाडौं / कोरोना विरुद्धको खोप लगाएकाको शरीरमा धातुजन्य बस्तु टाँसिने भन्दै सामाजिक संजालमा त्यस्ता तस्विर भाईरल बनेपछि सरकारले सो विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

भारतका केहि राज्यबाट सुरु भएको यस्तो प्रचारलाई पछ्याएर केहि नेपालीले समेत त्यस्ता तस्विर सामाजिक संजालमा हाल्न थालेपछि आम जनतामा पैदा भएको भ्रम मेट्न सरकारले सुचना नै जारी गरी सरकारले प्रष्टिकरण दिएको हो ।

OM Sai Pathibhara Hospital

समाजिक संजालमा खोप लगाएपछि धातुजन्य बस्तु शरीरमा टाँसिएको भन्दै शरीरका भागमा चम्चा र सिक्का लगायतका बस्तु टाँसिएका तस्विर भाईरल बनिरहेका छन् । त्यस्ता तस्विर सार्वजनिक गर्नेहरुले  कारोना विरुद्धको खोप लगाएपछि धातुजन्य बस्तु टाँसिएको भन्दै प्रचार गरिरहेका छन् ।

पछिल्लो समयमा आममानिसमा भ्रम पैदा गर्ने गरी भईरहेको प्रचारले खोप कार्यक्रम नै प्रभाभित हुने देखेपछि सरकारले सो विषयमा सुचना नै जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको हो ।

स्वास्थ्य मन्त्रालयले एक सुचना नै जारी गरेर कोरोना विरुद्धको खोपले शरीर चुम्बकीय नबन्ने सो कुरा अफवाह मात्रै भएको जनाएको छ । मन्त्रालयले एक सुचना नै बनाएर खोपमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।

कोरोना विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकाले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने भन्दै मन्त्रालयले भ्रमको पछि नलाग्न र त्यस्तो भ्रम नफैलाउन अपिल समेत गरेको छ ।