बिर्तामोड / सेनामा नेपाली युवालाई लादैं आएको छिमेकी मुलुक भारतले अब नेपाली युवतीलाई पनि लाने भएको छ । मुलुक महामारीको चपेटामा रहेका बेला काठमाण्डौ स्थित भारतीय राजदूतावासले सुचना जारी गरी नेपाली युवतीलाई पनि भर्नाका लागि आव्हान गरेको हो ।  

दुतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै भारतीय सेनामा महिला सैनिक प्रहरीको लागि भन्दै सुचना निकालेर आवेदन भर्न आव्हान गरेपछि नेपाली युवती पनि पहिलो पटक भारतीय सेनामा भर्ना हुने भएका हुन् ।

OM Sai Pathibhara Hospital

नेपाली युवतिको भर्ना छनौट भारतको अम्बाल,लखनउ, जवलपुर,बेलगाव,पुने र सिलांगमा  हुने जारी सूचनामा उल्लेख गरिएको छ । भारतीय सेनामा भर्ना हुन चाहनेलाई अनलाईन मार्फत फारम भर्न भनिएको छ ।

indian embassy