काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । 

मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो । पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ । 

OM Sai Pathibhara Hospital

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताए । 

पशुपन्छीबाट मानिसमा सार्ने १० रोगहरु निम्न छन् ः

१. जुनोटिक, सिजनल (इन्फ्लुएन्जा)

२. रेबिज, कोरोना भाइरस 

३. लेप्टोस्पाइरोसिस

४.बु्रसेलोसिस

५. सालमोनेलोसिस

६. लेस्मिनियासिस

७. जुनोटिक क्षयरोग

८. सिस्टिमर्कोसिस

९. हाईडाट्रिडोसि 

१०. टोक्जोप्लास्मोसिस