बिर्तामोड / झापाको बिर्तामोड स्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सरकारले नियम मिचेर सम्बन्धन दिन तयारी थालेपछि त्यसको विरोधमा उत्रिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी समर्थित सोलिडारिटी फर गोविन्द केसी एलाइन्सका छ सदस्यलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा छिरिङ तामाङ, सचिन तिमल्सिना, लोकस कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशीविक्रम कार्की रहेका छन् । 

जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर झापास्थित बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन लागिएको भन्दै त्यसको विरोधमा उनीहरुले प्रदर्शन गरेका थिए । 

‘एलाइन्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ – राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५, काठमाडौं विश्वविद्यालय ऐन २०४८ तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को प्रतिकूल हुने गरी सम्बन्धन दिन प्रयास हुनुले देशका प्रधानमन्त्री आफैंले कानुनी राजको उपहास गरिरहेको देखाउँछ,’ । 

एलाइन्सका संयोजक जिवन क्षेत्रीले जारी गरेको विज्ञप्तिमा पक्राउ परेकालाई तत्काल विनासर्त रिहा गर्न माग समेत गरिएको छ ।