काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४  जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४  जनाको पिसिआर र  ४ हजार ५६८  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ४४९  जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए। देशभर आज ८० हजार ३३६ सक्रिय संक्रमित छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ।

आज ५ हजार ७६८ जना संक्रमित निको भएका छन्। निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ।